एमालेबाट उम्मेदवार चयन गर्न आज बिर्तामोड नगरकमिटीमा मतदान
Published:
by .बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत नभए पछि आज मतदानको माध्यमबाट चयन गरी सिफरिस गर्ने तयारी भएको छ ।
नगरप्रमुख र उपप्रमुख पदका लागि ५/५ जनाले उम्मेद्वारी दिएका छन् । आज दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजित नगरपालिकाको विस्तारित बैठकपछि आकांक्षीहरु धेरै भएकाले निर्वाचनको प्रक्रियामा गएको हो ।
४२६ जना मतदाता रहेको नगर कमिटीको विस्तारित बैठकमा ३८० मत खसेको छ । मतदान पछि मतपेटिका सिल गरी जिल्ला पार्टी कार्यालयमा पुर्याइएको छ ।
मल गणना कति समय पछि गर्ने भन्ने केही जनाइएको छैन । उम्मेदवारका आकांक्षी सर्वसम्मत नभएका अन्य पालिकामा आज र भोलि चुनाव गरी नाम सिफारिस गरिँदैछ ।
आसन्न स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिकामा नगर प्रमुख पदका आकांक्षीहरुमा पवित्रादेवी महतरा प्रसाई, एकराज कार्की, ध्रुवकुमार शिवाकोटी, उमानाथ ओली र नगेन्द्रप्रसाद संग्रौलाले उम्मेद्वारी दिएका छन् ।
यस्तै, उप्रमुख पदका लागि गणेश पोख्रेल, भिमा शिवाकोटी, देवराज कार्की, बद्रीप्रसाद भट्टराई, प्रविण पोख्रेलले उम्मेद्वारी दिएका छन् ।
पार्टीको निर्वाचन निर्देशिका अनुसार सर्वसम्मत नभएका हरेक पदमा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ ।
Comments