मधेश प्रदेशमा सूर्याेदय टेलिभिजनको प्रादेशकि कार्यालय उद्घाटन
Published:
by .सर्लाही । सूर्याेदय टि भी एण्ड मिडिया प्रालि झापाद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले आज शुक्रबारबाट मधेश प्रदेशको सर्लाही जिल्ला अन्तर्गत हरिवन नगरपालिका ११ मा आफ्नो मधेश प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरेको छ ।
उक्त टेलिभिजनबाट ‘मेरो टेलिभिजन, हाम्रो टेलिभजिन, सूर्याेदय टेलिभिजन’ भन्ने मुल श्लोगानसहित ६ वर्षदेखिले समाचार, सूचना तथा मनोरञ्जनात्मक विभिन्न कार्यक्रमहरु प्रशारण गरिदै आएको छ ।
टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले प्रादेशिक कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले हरिवानबासीले सञ्चार माध्यमको अभाव महशुस गरिरहेका बखत पहिलोपटक सूर्याेदय टिभीले औपचारिक कार्यालय उद्घाटन गरेर टेलिभिजन भित्राएकोमा प्रशंसा गरे । सूर्योदय टेलिभिजनलाई स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्ने उनले प्रतिवद्घता व्यक्त गरेका छन् ।
झापाको बिर्तामोडमा स्थापित टेलिभिजनले राज्य संघीय संरचनामा रुपान्तरित भएपछि हरेक प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष उप्रेतीले बताएका छन् । टेलिभिजनले ढिलै भए पनि पहिलोपटक मधेश प्रदेशमा स्टुडियोसहित प्रादेशकिक कार्यालय उद्घाटन गरिएको अध्यक्ष उप्रेतीले जनाए ।
टेलिभिजनको प्रसारक कम्पनीले भवन खरिद गरेर आफ्नै भवनमा कार्यालय सञ्चालन गरिएकाले यसको स्थायित्वमा विश्वस्त रहन अध्यक्ष उप्रेतीको भनाई छ ।
Comments