भद्रपुर नगरपालिकामा माओवादी केन्द्रका दर्जन कमिटी गठन
Published:
by .भद्रपुर । झापाको सदरमुकाम भद्रपुर नगरपालिकाका चारवटा वडामा नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
शनिबार भएको वडा नं १, २, ३ र ९ को चुनावी विस्तारित बैठकबाट ती निर्वाचन परिचालन कमिटी गठन भएको हो । विस्तारित बैठकबाट १ नं. वडामा मेदनी सिवाकोटी, २ नं. वडामा नरपति चापागाई, ३ नं. वडामा एनपी वनेम र ९ नं. वडामा दिनानाथ उप्रेतीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
त्यस्तै, पार्टीको १ बुथ १०० युथको अवधारणामा अन्तरगत वडा नं १ को बुथ कमिटी दिपक आधारभूत विद्यालयमा जीवन बास्तोला, श्री आधारभूत विद्यालयमा गोपाल खाति, शान्ति आधारभूत विद्यालयमा घनश्याम नेपालीको र हिमालीमा मणिराज श्रेष्ठको नेतृत्वमा टोली परिचालन हुने भएको छ ।
यस्तै, मदन राईको अध्यक्षतामा ३१ सदस्यीय वाइसीएल १ नं वडा कमिटी र चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा अनेमसंघ क्रान्तिकारी ३१ सदस्यीय महिला कमिटी गठन भएको नेकपा माओवादी केन्द्र भद्रपुरले जनाएको छ ।
वडा नं. २ को सगरमाथा माविमा राजु दाहाल र सीता आधारभूत विद्यालयमा मानु तामाङको नेतृत्वमा बुथ कमिटी गठन भएको छ । वडा नं. ३ मा हर्क रसाइली (लगन)को अध्यक्षतामा ५१ सदस्यीय दलित राष्ट्रिय मुक्तिमोर्चा भद्रपुर कमिटी गठन भएको छ ।
कार्यक्रममा पार्टीका झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि), ३ नं. क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), सह–इञ्चार्ज सुजन सुब्बा, धर्म सिवाकोटी, क्षेत्र नं. ३ क प्रदेश संयोजक खगेन्द्र पराजुली, नगर इञ्चार्ज नरेस सञ्जेल, सह–इञ्चार्ज एनपी वनेम, मेदनी सिवाकोटी, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।
Comments