Sajhamanch Archive

असोज १८ गते बिर्तामोडमा रनवे, स्वप्न सुमन आउने

Published: (Updated: ) in टिप्स/जानकारी by .

झापा । फेसन र मोडलिङ्गसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु फरक–फरक टाइटलमा एकपछि अर्को महिनैपिच्छे भइरहेका छन् । तर टाइटल फरक भए पनि प्रकृति एउटै भएकाले र नयाँपन अनि फरकपन नदेखिएको पछि आकर्षण पहिलेको तुलनामा घट्दै गएको छ ।

धेरै मानिसको असन्तुष्टि पनि बढ्दै गएको छ । विशेष गरी युवापुस्ता यस्ता किसिमको प्रतियोगितामा अलमलिने र अहिले संख्यात्मक रुपमा बढिरहेकाले कन्फ्यूज हुने गरेको पनि पाइन्छ । नयाँ अवधारणमा फेसन र मोडलिङ्गका प्रतियोगिताको चाहना राख्नेहरुका लागि झापामा पहिलोपटक यो अवसर जुरेको छ ।

इन्नोभेटिभ मार्केटर्सले आयोजना गरेको बिर्तामोड रनवे २०१८ विथ म्यूजिकल नाइट सौन्दर्य प्रतियोगिता मात्रमा सिमित नरहने आयोजकले जनाएको छ । विशेष आकर्षणसहित प्रतियोगितामा भरपुर मनोरञ्जन दिलाउने उद्देश्य रहेको फिल इन्टरटेनमेन्टका संजय बस्नेत बताउँछन् ।

प्रतियोगिताका विशेष आकर्षण युवा ढुकढुकी गायक स्वपन सुमन र नायिका परमिता रानाको प्रस्तुति रहने बस्नेतले जानकारी दिएका छन् ।

मोडलिङ्गलाई जोडेर विभिन्न टाइटलमा प्रतियोगिताहरु आयोजना भए पनि खासगरी र्याम्प वाक, रनवे लगायतका कन्सेप्ट र यसलाई म्यूजिकल नाइटसँग समायोजन गरी नयाँ शैलीको कार्यक्रम पहिलोपटक बिर्तामोडमा हुन लागेको इभेन्टका संयोजक कमल सेडाइँ बताउँछन् ।

यही असोज १८ गते बिर्तामोडमा गरिने सो कार्यक्रमका लागि अहिले छनौट चरण सम्पन्न भइसकेको छ ।

ग्रुमिङ्ग एण्ड ट्रेनिङ्गका कक्षाहरु चरणबद्ध रुपमा अघि बढिरहेको र खासगरी विजेतालाई पुरस्कारको प्रलोभन मात्र नदेखाई ब्यावसायिक रुपमा मोडलिङ्ग र ग्ल्यामरको क्षेत्रमा स्थापित गराउने प्रमुख उद्देश्य रहेको इभेन्टका मिडिया को–अर्डिनेटर दिपेन भेटवालले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *