Sajhamanch Archive

एनएमसीका समिति पदाधिकारीलार्ई उत्प्रेरणामूलक तालिम

Published: in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को आयोजनामा एकदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्था अन्तर्गतका समिति उपसमिति पदाधिकारीहरुलाई विभिन्न विधामा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा स्वस्थ भान्सा तथा स्वस्थ्य जीवनशैली सम्बन्धी विषयमा सहजकर्ता गंगा ढकालले सहजीकरण गर्दै संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को मूल नारालाई सार्थक बनाउन आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सुझाव दिएका थिए ।

दोस्रो सत्रमा सहजीकरण गर्दै मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले जीवन, जगत तथा सोच विषयमा आफ्ना महत्त्वपूर्ण भनाई राखेका थिए । सकारात्मक सोचले मानिसलाई समाज, राष्ट्र अनि विश्व निर्माणका लागि तयार गर्न उनले सहभागीलाई अभिप्रेरित गरेका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहभागीहरुलाई संस्थाको वर्तमान अवस्था तथा भावी कार्यदिशा सम्बन्धी भनाई राख्दै अबको एनएमसीले गर्ने महत्त्वपूर्ण कामहरुको चर्चा गरेका थिए ।

संस्था अन्तर्गतको सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष भगवती घिमिरेले शाब्दिक स्वागत गरेकी थिइन् । एनएमसीले हाल वित्तीय, डेरी, कृषि फर्म, सहकारी पसल र चिया उद्योग सञ्चालनमा ल्याएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *