Sajhamanch Archive

गठबन्धन दलले झापाका १० पालिकामा प्रमुख उपप्रमुखमा सहमति गरेको दावी, नाम भने गोप्य

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

झापा । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवारी तालमेललाई निष्कर्षमा पुर्याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि बराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् ।

गठबन्धन दलका जिल्लास्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको जनाइएको छ । आज गठित कार्यदलले बाँकी पालिका र वडा तहको सहमति आजै रातभरिमा सम्पन्न गरी भोलि बिहान बस्ने गठबन्धन दलको बैठकमा प्रस्तुत गर्ने सहमति गरिएको संयोजक हुमागाईंले बताएका छन् । सहमति गरिएको भनिएका पालिकामा को-को उम्मेदवार बन्छन् भन्ने गोप्य राखिएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनका संयोजक तथा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई सहभागी थिए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु, सीपी कडरिया, राजु आचार्य सहभागी थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र बुढाथोकी सहभागी रहेका थिए । जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *