Sajhamanch Archive

एनएमसी सहकारी पसलको कोटेसन आह्वान सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by .

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित
एनएमसी सहकारी पसल NMC-COOP SHOP
प्रधान कार्यालयः बिर्तामोड, झापा

कोटेसन आह्वान सम्बन्धी सूचना

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल व्यवसायका लागि निम्न सम्पत्ति सामानहरु आवश्यक पर्ने भएको हुँदा सामान उपलब्ध गराउन सक्ने आपूर्तिकर्ताहरुले आवश्यक कागजातसहित कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।

आवश्यक सामानहरुको विवरणः

क्र.सं. विवरण संख्या कैफियत
१. प्यालेट    आवश्यकता अनुसार तोकिएको सामानको तस्बिर, विशेषता, मूल्य र शर्तहरु उल्लेख गर्नु पर्नेछ ।
२. कस्मेटिक र्याक
३. डिपार्टमेन्ट स्टोर काउन्टर
४. सेक्युरिटी र्याक
५.  हेलमेट र्याक
६. सब्जी र्याक
७. मदिराजन्य पदार्थ राख्ने र्याक
८. आइटी टेबल
९. फायल र्याक
१०. टेबल
११. सहकारी पसलमा प्रयोग हुने अन्य फर्निचरको सामानहरु

शर्तहरुः
१. तोकिएको सामानहरुको शतप्रतिशत मूल्य अभिवृद्धि कर VAT बिल अनिवार्य हुनु पर्नेछ ।
२. सामान झापा जिल्लाभर तोकिएको पसलको लागि ढुवानीको व्यवस्था आपूर्तिकर्ताले गर्नुपर्नेछ ।
३. तोकिएको मूल्यमा मूल्य अभिवृद्धि कर समावेश गर्नु पर्नेछ ।

पेस गर्नुपर्ने कागजातहरुः
१. व्यवसाय दर्ता प्रमाणपत्र (वाणिज्य विभाग तथा स्थानीय तह) र सोको नवीकरणको प्रतिलिपि
२. स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
३. आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
४. कोटेसनसहितको पत्र

नोटः
कोटेसन पेस गर्ने अन्तिम मितिः २०७९ साल वैशाख १२ गते सोमबार कार्यालय समयसम्म ।
कोटेसन पेस गर्ने स्थानः सहकारी पसलको प्रधान कार्यालय, बिर्तामोड, झापा ।
कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।

थप जानकारीका लागि :
निशान खतिवडा र चेतराज पाण्डे
९८५२६८९४१७ र ९८५२६८९५३२

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *