Sajhamanch Archive

यी हुन् बिर्तामोडमा राप्रपाका उम्मेदवारः नगरप्रमुखमा उप्रेती र उपप्रमुखमा प्याकुरेल

Published: in राजनीति, स्थानीय तह by .

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित १० वटै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेललाई उम्मेदवार बनाइएको हो । त्यस्तै वडाध्यक्षमा वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल, ३ मा किरण पौडेल, ४ मा यज्ञराज प्रसाई (राजन), ५ मा प्रकाश घिमिरे, ६ मा राजु पौडेल, ७ मा नवराज भट्टराई (नवीन), ८ मा अजय कार्की, ९ मा कर्णबहादुर कार्की र १० मा पृथ्वी बस्नेतले उम्मेदवारी दिने भएका छन् ।

वडा अध्यक्षसंगै सदस्यहरुको पनि टुंगो लागिसकेको र आज पत्रकार सम्मेलन गरी सबैको नाम सार्वजनिक गरिने बिर्तामोड नगर समितिका अध्यक्ष तथा उपप्रमुखका उम्मेदवार प्याकुरेलले जानकारी दिएकी छन् । गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकामा राप्रपा तेस्रो शक्ति बनेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *