एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार
Published: (Updated: )
by .विराटनगर । स्थानीय चुनावमा एमालेले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ ।
एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिलामैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अवस्था आएको भन्दै अन्य पार्टीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न थालेका छन् ।
नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका प्रचार विभाग प्रमुख घनश्याम खतिवडाले प्रदेश १ को एक उपमहानगर, तीन नगर र चारवटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको नेतृत्व गर्ने अवसर महिलाले पाएको बताए ।
झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सुनसरीमा गरी ९ जना महिलाले मेयर अध्यक्षका लागि सिफारिस गरिसकेको उनले जानकारी दिए ।
सुनसरीको धरान उपमहानगर पालिकाको प्रमुखमा मन्जु भण्डारीले टिकट पाएकी छन् । झापाका तीनवटा पालिकाको प्रमुखमा महिलाले चुनाव लड्ने अवसर पाएका छन् । दमक नगरपालिकाको प्रमुखमा गीता अधिकारी, बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाई र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् ।
एमाले प्रदेश कमिटीले मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा यसोदा गिरी र कानेपोखरी गाउँपालिकामा राजमति इङ्नामलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएको छ ।
त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरको नाम प्रदेश कमिटीबाट पालिका अध्यक्षमा सिफारिस भएको एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकले बताएका छन् ।
मोरङको जहदामा अध्यक्ष सिफारिस भएका यसोदा गिरीबाहेक आठैजना यसअघि आ–आफ्नो पालिकाहरुमा उपप्रमुख थिए ।
जहदाको अध्यक्षमा गाउँ कमिटीबाट सर्वसम्मत नाम सिफारिस भएर आएका जयरथ गिरी सोही पालिकाको ठेक्का पट्टामा संलग्न रहेको भेटिएपछि उनकी श्रीमती यसोदालाई अध्यक्षको टिकट दिइएको जनाइएको छ ।
कृष्ण जसपाबाट निर्वाचित भएका जहदाकै वडा नम्बर ४ का वडाध्यक्ष थिए । उनी गत भदौमा एमालेमा प्रवेश गरेका हुन् । जहदामा प्रमुख र उपप्रमुख दुवै महिला भएका छन् । उपाध्यक्षमा अनिता सेरेन पहिले नै सर्वसम्मत भएको जनाइएको छ ।
योबेला डटकमबाट
Comments