Sajhamanch Archive

एमाले बिर्तामोडको चुनावी प्रचार अभियान वडा नं. १ बाट सुरु

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले आजदेखि चुनाव प्रचार अभियान सुरु गरेको छ। नगरप्रमुख र उपप्रमुखका उमेदवारसहित एमाले नगरकमिटी चुनावी प्रचार अभियानमा जुटेको हो ।

एमालेले बिर्तामोड वडा नम्बर १ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहितको टोली घरदैलोमा भोट माग्न गएको हो। बिर्तामोडको हनुमाननगरमा एमाले नेता कार्यकर्ताको टोली भोट माग्न व्यस्त छन्।

उपप्रमुखका उम्मेद्वार संग्रौलाले पूर्ण सुशासनसहितको नागरिक सेवा दिन एमाले प्रतिबद्ध रहेको जनाउँदै आफ्नो मत दिएर जिताउन अपिल गरेका छन् ।

नगर प्रमुखका उम्मेदवार प्रसाईले बिर्तामोडको समग्र विकासमा एमाले नेतृत्वले यसअघि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा थप विकास र समृद्धि का लागि एमालेलाई मतदान गर्न अनुरोध गरिन् ।

एमालेले बिर्तामोड वडा नम्बर १ मा वडाध्यक्षको रुपमा पुनः अग्निप्रसाद पाण्डेलाई अघि सारेको छ । यसअघि एक कार्यकाल वडाध्यक्ष भएका पाण्डे विकास निर्माण तथा सामाजिक रुपान्तरणमा अब्बल मानिन्छन् ।

नगर कमिटीको घरदैलो अभियानमा चुनावी प्रचार अभियानका संयोजक एवम् राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण सिवाकोटी, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, नगर इञ्चार्ज देवराज कार्की, जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्ले सहित नेता कार्यकर्ताहरुसहभागी रहेको टोलीले घरदैलो अभियान सुरुवात गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *