Sajhamanch Archive

पार्टीका आधिकारिक उम्मेद्वारलाई विजय गराउन देवकुमारले लिए उम्मेद्वारी फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

मेचीनगर । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मेचीनगरका इन्चार्ज देवकुमार राईले स्वतन्त्र हैसियतबाट नगरप्रमुख पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका देवकुमार राईले आज मंगलबार नै उम्मेद्वारी फिर्ता लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् ।

उनले आज बिहान सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवार कार्यकर्ता भएकाले पार्टी हित विपरित आफ्नो उम्मेद्वारी नरहेको जनाएका छन् । उनले विधि र प्रक्रिया पूरा गरी निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारी फिर्ता लिने जनाएका छन् ।

राईले आफ्नो उम्मेद्वारी प्रवृत्तिको विरुद्ध भएको सन्देश दिन मात्र दर्ता गराएको जनाएका छन् । आफू नेकपा एमालेको सदस्य भएकोमा गर्व गर्दै पार्टीले उठाएको उम्मेद्वारलाई विजय गराउन आजैबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्दै विरोधीहरुलाई खुशी नमाउन समेत आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *