Sajhamanch Archive

गठबन्धन दलका उम्मेदवारको पराजय भए राम्रो नहुने !

Published: in राजनीति, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा गठबन्धन दलको तर्फबाट उम्मेद्वार बनेकी रञ्जिता कार्कीले आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गरेकी छन् ।

अर्जुनधारा नगरपालिकामा गठबन्धन दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा उनले आफू जीवनभर पार्टी र जनताको सेवामा सक्रिय रहने पनि बताएकी छन् ।

सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार जितेश योन्जनले गठबन्धन दलको घोषणा पत्रमा नगर विकासको दीर्घकालीन गुरुयोजना बनाइएको जनाए । उनले आर्थिक रुपमा विपन्न वर्गलाई माथि उठाउने दावी गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईलगायतको सहभागितामा उम्मेदवार परिचयात्मक कार्यक्रम गरिएको थियो ।

उनीहरुले गठबन्धन दलका मतदाताले इमान्दारीपूर्वक पार्टीको निर्णयलाई मानेर आफ्ना उम्मेदवारलाई जिताउनुपर्ने निर्देशन गरे । गठबन्धन दलका आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग नगर्न कार्यकर्तालाई चेतावनी दिँदै वक्ताहरुले आफ्ना उम्मेदवारहरु पराजय भए राम्रो नहुने बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *