गौरादहमा एमालेको विस्तारित वडा भेला, प्रचार अभियान सशक्त बनाइने
Published: (Updated: )
by .गौरादह । स्थानीय तह निर्वाचन २०७९ मा गौरादहको सिङ्गो नेतृत्व आफ्नो पक्षमा पार्न नेकपा एमाले गौरादह नगर कमिटी सशक्त ढंगले जाने तयारीमा जुटेको छ । आज मंगलबार सम्पन्न बिस्तारित बैठकले यस्तो तयारी थालेको हो ।
वडा नम्बर १, २, ३ र ४ को आज सम्पन्न बिस्तारित बैठकमा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, प्रदेश कमिटी सचिवालय सदस्य अमरदास शिवाकोटी, प्रदेश कमिटी सदस्य योगराज दाहाल, पूर्व जिल्ला सचिव मदन अधिकारी, गौरादह नगरपालिकाका नगरप्रमुखका उम्मेदवार छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजवंशी लगायतको उपस्थितिमा बिस्तारित बैठक भएको थियो ।
एमाले झापा अध्यक्ष दिपक कार्कीले चुनावको नतिजा आफ्नै पक्षमा हुने भन्दै थप तयारीमा जुट्न, सबै वर्ग र क्षेत्रमा पुगेर प्रभावकारी प्रचारप्रसार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बैठकले एमालेले सशक्त रुपमा स्थानीयका घरघर जानका लागि विभिन्न कमिटीसमेत गठन गरेको छ । युवा परिचालन समिति, प्रचारप्रसार समिति लगायत समिति गठन गरिएको हो ।
Comments