अर्जुनधाराका एमालेजन के गर्दैछन् ?
Published:
by .अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम सुरु गरेको छ । आज बुधबार अर्जुनधाराको वडा नं. ५ र ८ मा सयौंको उपस्थितिमा घरदैलो गरेको जनाइएको छ ।
उक्त घरदैलोमा नगरप्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुली, नगरप्रमख हरिकुमार राना, एमाले जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज दिपेन्द्र लम्सालसहित नेताहरुको सहभगिता रहेको थियो ।
नेताहरुको घरदैलो टोलीमा वडानम्बर ८ बाट वडाध्यक्ष पदका उम्मेदवार कुमारप्रसाद उप्रेती तथा सदस्य पदका उम्मेदवारहरु ऋषिप्रसाद घिमिरे, मनोजकुमार थापा मगर, मन्जु टुडु र सुजता रसाइली घरदैलोमा गएका थिए ।
त्यस्तै ५ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा नगरप्रमुख उपप्रमुखका उम्मेदवारसहित वडाध्यक्ष पदका उम्मेदवार डम्बरकुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्मीप्रसाद खनाल, रोहितकुमार चौधरी, चन्द्रकुमारी तामाङ र रिता नेपाली सहभाग थिए ।
अर्जुनधाराको घरदैलोमा एमाले कार्यकर्ता र मतदाताको उत्साहजनक उपस्थितिले एमालेको दरिलो प्रभाव देखाएको सहभागीहरुको प्रतिक्रिया छ । यसअघिको निर्वाचनमा एमालेले अर्जुनधारा नगरपालिकामा नगरप्रमुख उपप्रमुखसहित बहुमत जनप्रतिनिधि जिताएको थियो ।
भोलि बिहिबार नगरप्रमुख उपप्रमुखको उम्मेदवारसहित वडा नं. ६ र ११ मा सम्बन्धित वडाका उम्मेदवारसहित घरदैलो गर्ने जनाएको छ ।
Comments