बाह्रदशीमा एमालेको घरदैलो अभियान निरन्तर
Published:
by .बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो गर्दै सूर्यमा भोट माग्न थालेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवारहरु घरदैलौ अभियान मार्फत मतदाता भेटघाटमा जुटेका छन् ।
मनोनयन दर्तापछि निरन्तर घरदैलो अभियान सञ्चालन गरिहरेका उम्मेदवारहरुले बाह्रदशीको विकासका लागि एमालेलाई मतदान गर्नुपर्ने भन्दै भेटघाटलाई सक्रिय बनाएका हुन् ।
नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा देवेन्द्र चम्लागाई, उपाध्यक्षमा शान्ता खरेल उम्मेदवार छन् । उनीहरुले बाह्रदशी हरेक दृष्टिकोणले पछि परेको भन्दै अबको नेतृत्व एमालेका उम्मेदवारहरुले गर्ने बताएका छन् ।
बाह्रदशीको विकासलाई नमूना बनाएर देशभर मै उत्कृष्ट गाउँपालिका बनाउने अठोट र योजनासहित उम्मेदवारहरु मतदाता भेटघाटमा सक्रिय भएको पाइन्छ ।
उम्मेदवारहरुले वडा नं. २ का मतदातासमक्ष भेट गरिसकेका छन् भने आजदेखि वडा नं. ३ को घरदैलो अभियान जारी छ । घरदैलो अभियानमा स्थानीय नेतादेखि केन्द्रीयस्तरका नेताहरुको सहभागिता छ । एमालेको घरदैलो अभियानमा सर्वसाधरण नागरिकको उत्साहजनक सहभागिता रहेको पाइएको छ ।
Comments