काफ्लेलाई समर्थन गर्दै भद्रपुर १० मा थापाले फिर्ता लिए मनोनयन
Published:
by .भद्रपुर । नेपाली काँग्रेसका युवा नेता अर्जुनकुमार थापाले भद्रपुर १० को वडाध्यक्षका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।
काँग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका थापाले नेपाली काँग्रेसको गठबन्धनका सबै पदमा विजय हासिल गर्न पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति मार्फत जनाएका छन् ।
वि सं २०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिमा सकृय रहेका थापाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टीको हित ठूलो भएको ठहरसहित उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
थापाद्वरा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको जिल्ला, क्षेत्र र केन्द्रका अग्रणी नेताहरुको अनुरोध र आग्रह समेतका आधारमा मैले मेरो आस्था बोकेको पार्टीको गरिमा बचाउन मैले दर्ता गरेको वडाध्यक्षको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन सहमत भएको छु ।’
कांग्रेसबाट वडाध्यक्ष पदको आधिकारिक उम्मेदवार विष्णुप्रसाद काफ्ले हुन् । थापाले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता भए पछि अब काफ्लेको जित्ने अपेक्षा बढेर गएको छ । वडाध्यक्षको उम्मेदवार काफ्ले नेपाल टेलिकमका रिटायर्ड अफिसर हुन् । अहिले उनी व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
वडा नं. १० मा निवर्तमान वडाध्यक्ष टेकबहादुर खड्का (काजी) नेकपा एमालेबाट पुनः उम्मेदवार बनेका छन् । प्रतिष्पर्धामा अब्बल खड्का र काफ्लेबीच यो पटक कडा टक्कर पर्ने मतदाताको अनुमान छ ।
Comments