Sajhamanch Archive

स्थानीय निर्वाचन झापाको पालिकामा देशभरको चासो

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

कमल । मुलुकभरकै सर्वाधिक चासो र चर्चामा रहेको झापामा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले झापाका १३१ वडाहरुमा चुनावी घरदैलो अभियान तीब्ररुपमा चलिरहेको जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले उत्कृष्ट नतिजा प्राप्त गर्न वडा हुँदै टोल कमिटीहरुले भोट माग्दै मतदाताहरुको घरदैलोमा पुग्ने काम हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनको भरतपुर नगरलाई विशेष चासोको रुपमा हेरिएको छ ।

सर्वाधिक चासोमा रहेको झापामा एमालेले जिल्लाका प्रत्येक पालिकाका सबै वडा–वडामा घरदैलो अभियान सक्रियतापूर्वक भइरहेको नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीले बताएका छन् । पार्टीले वडा, गाउँ र टोलको विस्तारित भेला सकेर प्रचार अभियानमा जुटेको अध्यक्ष कार्कीको भनाई छ ।

नेपाली काग्रेस, नेकपा माओवादी लगायतको गठबन्धन आन्तरिक किचलोमा फसिरहेको बेला एमालेको सिङ्गो पार्टी प्रचार अभियानमा जुटेको जनाइएको छ । हरेक पालिकामा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरु सहितका उम्मेदवारहरुले टोलटोलमा कोणसभा गरी मत माग्ने काम ५० प्रतिशत हाराहारी सम्पन्न भएको एमाले जिल्ला कमिटी झापाका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिएका छन् ।

जिल्लाका १५ पालिका मध्ये बिर्तामोड, गौरादह, मेचीनगर नगर पालिका र कमल गाउँ पालिका लगायत धेरै पालिकाहरुले चुनावी प्रतिवद्धता पत्र सार्वजानिक गरिसकेका छन् । केही पालिका कमिटीले चाँडै घोषणपत्र लिएर जनतामाझ जाने एमालेले जनाएको छ ।

जिल्ला भित्रको भौगोलिक अवस्थालाई मध्यनजर गरी विभिन्न स्थानमा सभा गर्ने कार्यक्रम तय भइरहेको पार्टीका जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए । कमल गाउँपालिकामा समेत अध्यक्ष भिमप्रसाद राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा अध्यक्ष, वडा सदस्यसहितको टोलीले ८० प्रतिशतभन्दा बढी घरदैलो गर्ने काम सम्पन्न गरेको निर्वाचन परिचालन समितिका संयोजक मेनुका काफ्लेले जनाकारी दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *