निर्वाचनको अनुगमनमा मानवाधिकार आयोगका सदस्य थापा झापामा
Published:
by .भद्रपुर । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाको टोली झापाको स्थलगत अनुगमनमा आएको छ ।
झापा सदरमुकाम भद्रपुर आइपुगेकी थापाले स्थानीय तह निर्वाचनका बेलामा मानव अधिकारको उल्लंघनको अवस्था तथा निर्वाचन आचार संहिताको पालनाका बारेमा सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रियासमेत गरेकी छिन् ।
निष्पक्ष निर्वाचनका लागि प्रचलित नियम कानुनको पालनाको अवस्था, खुल्ला सिमानाबाट सिर्जना हुनसक्ने परिस्थितिको आँकलन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त अपाङ्गता भएका व्यक्तिका लागि सहज वातावरण भए नभएको लगायत विषयमा केन्द्रित भएर अनुगमनलाई अगाडि बढाइरहेको आयोगका सदस्य थापाले जानकारी दिइन् ।
आयोगका उपसचिव मञ्जु खतिवडासहित प्रदेश १ को अनुगमनमा निस्किएकी सदस्य थापाले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोगलाई सचेत पार्ने तथा आवश्यक नियम कानुन परिमार्जन गर्नुपर्ने भए सुझाव दिने जानकारी दिइन् ।
Comments