Sajhamanch Archive

तोक्मेबुढा भन्छन् ‘अर्जुनधारामा नगरप्रमुखका उम्मेदवार गोम्देन रिजन र भिजन भएका नेता’

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

अर्जुनधारा । हास्यकलाकार विल्सन बिक्रम राई (तोक्मेबुढा)ले अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन सही व्यक्ति भएको बताएका छन् ।

अर्जुनधारा ७ मिलडाँडा चोकमा आज आयोजित चुनावी कोणसभामा आफ्नो कला प्रस्तुतिसँगै राखेको मन्तब्यमा उनले नगरप्रमुख पदका प्रत्यासी गोम्देन रिजन र भिजन भएका ब्यक्ति भनी प्रशंशा गरेका हुन् ।

अर्जुनधाराको समग्र विकासका लागि बलदेव उपयुक्त पात्र भएको बताउदै विल्सनले उनलाई भोट दिएर नगरप्रमुख पदमा विजयी गराउन आग्रह पनि गरेका छन् ।

नेता हुनका लागि रिजन र भिजन हुनुपर्ने बताउँदै विल्सनले थपे, ‘बलदेवमा ती दुबै गुण भएकाले समृद्ध नगर निर्माणको लागि उनलाई जिताउनु पर्छ ।’

भौतिक र प्राविधिक विकास मात्रै विकास नभएको भन्दै राईले नगरबासीको व्यत्तिmत्व विकासले सबैभन्दा ठूलो महत्व राख्ने अर्थ लगाए । त्यसका लागि जनताले सही नेतृत्व छान्नुपर्ने उनको सुझाव छ ।

अर्जुनधारा १० नम्बर वडाको एक कार्यकाल वडाअध्यक्ष हुँदा बलदेवले गरेको विकास हेरेर जनताले अब नगरपालिकाको विकासका लागि पनि बलदेवलाई नै जिताउनु पर्ने कलाकार राईको भनाई थियो ।

तोक्मे बुढा उपनामले परिचित विल्सनले चुनावी सभामा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने नायिका रजनी गुरुङ (मंगली)ले पनि राईसंग नृत्य प्रस्तुत गरेकी थिइन् ।

उक्त कोणसभामा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बलदेव गोम्देन तामाङ, उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुली (इन्दिरा)ले पनि आफ्नो चुनावी प्रतिबद्धता राख्दै सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका सबै उम्मेदवारहरुलाई विजय गराउन आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *