बिर्तामोड ९ मा शनिबार गठबन्धन दलले गरे घरदैलो
Published:
by .बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सत्तारुढ गठबन्धन दलले शनिबार बिर्तामोड वडा नं. ९ मा घरदैलो अभियान सम्पन्न गरेको छ । नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु तथा वडाका पाँचैजना उम्मेदवारको सहभागितामा विभिन्न टोलमा कोणसभा गर्दै गठबन्धन दलले घरदैलो कार्यक्रम गरेको हो ।
‘१० दिन लामो घरदैलो कार्यक्रम हाम्रो वडामा सम्पन्न भएको छ’ वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार मोहनप्रसाद सुब्बाले भने, ‘अब मतदाता शिक्षाको कार्यक्रम चलाउँछौँ ।’ आफूहरुले वडाका अधिकांश घरमा गएर मतदातालाई आफ्नो प्रतिबद्धता सुनाएर मत मागेको उनको भनाई छ ।
वडा नम्बर ९ को कामाटोली, कन्चनबारी, लखिबारीस्थित भिमसेन मन्दिर, सतालसिंहबारी लगायतका स्थानहरुमा भएको कोणसभामा नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौला, उपप्रमुख पदका उम्मेदवार सिपी कडरिया, वडाध्यक्ष सुब्बा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल, माओवादी केन्द्र प्रदेश सदस्य अरुण श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
वडा नम्बर ९ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष सुब्बा, महिला सदस्य चन्द्रमाया तामाङ्ग, दलित महिला सदस्य नानुमाया लकान्द्री, वडा सदस्यहरु श्रीप्रसाद पाठक उम्मेदवार रहेका छन् ।
Comments