हल्दिबारीको समग्र विकासमा एमालेले छलाङ मारेको दावी
Published:
by .हल्दिबारी । स्थानीय तह निर्वाचन २०७९ मा हल्दिबरी गाउँपालिकामा नेकपा एमाले उम्मेद्बारहरुले वडा नम्बर ३ का विभिन्न स्थानमा घरदैलो तथा कोणसभा सम्पन्न गरेका छन् ।
गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित घरदैलोमा निस्किएका उम्मेदवारहरुले वडा नम्बर ३ को मेजर्नी चौक, ढडुवा, लक्ष्मी स्कुलचोक लगायतका स्थानमा र्याली, कोणसभा र घरदैलो गरेका हुन् । सो कार्यक्रममा उम्म्ेदवारहरुले सम्बोधन गर्दै जनताका आवस्यकतालाई मध्यनजर गरी विकासको नमूना पालिका निर्माण गर्ने उद्घोष गरेका हुन् ।
चारकोसे जङ्गललाई वज्ञानिक ढंगले समुचित विकास गर्ने र आन्तरिक पर्यटन क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने उनीहरुको प्रतिवद्धता छ । हात्ती नियन्त्रण गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गर्दै दिगो विकासका आधारशिला तय गरिने अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर गिरिले बताए ।
उनले अघिल्लो कार्यकालमा गाउँपालिकलाई विकासको बाटोमा हिडाउन आफूले पहल गरेको दाबी गर्दै गिरीले अब युवा, महिलामैत्री पालिका निर्माण गर्ने बताए।
यस्तै उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतमले महिलाका विषय मात्र नभएर न्याय सम्पादन, शिक्षा स्वास्थ्य जस्ता जनतासंग प्रत्यक्ष जोडिने कुरामा संबोधन गर्न अधिकतम मात्रामा लाग्ने बताइन ।
कोणसभामा बोल्दै वडानम्बर ३ मा वडाध्यक्षका उम्मेद्बार बिष्णुप्रसाद ओलीले शिक्षालाई प्रोत्साहन र जंगली हात्तीलाई निरुत्साहित गर्ने खालका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए ।
५ वटा वडा रहेको पालिकामा पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरी अब मतदाता सचेतना शिक्षाको चरण प्रवेश गरेको जनाइएको छ ।
Comments