झापा बजारमा गाउँपालिकास्तरीय एमालेको चुनावी सभा हुँदै
Published:
by .शरणामति । झापा गाउँपालिकामा आफ्ना अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहितको नेकपा एमालेको समूहगत घरदैलो कार्यक्रमले पहिलो चरण पूरा गरेको छ ।
झापा गाउँपालिका एमाले युवा नेता बिक्रम बानियाँले दिएको जानकारी अनुसार गाउँपालिकाका ७ वटै वडामा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार लिएर जनसमक्ष जाने कार्यक्रम पूरा भएको हो ।
वैशाख २५ गते बाँकी रहेका बस्ती र अध्यक्ष तथा उपाध्यक्षको माग भएको ठाउँमा भेटघाट गर्ने तथा २६ गते अन्तिम चुनावीसभा गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापा गाउँपालिका अध्यक्ष एवम् चुनाव परिचालन समितिका संयोजक गजेन्द्र ताम्लीले जानकारी दिएका छन् ।
वैशाख २६ गते बिहान ९ः३० बजेदेखि झापा बजारबाट मोटरसाइकल र्याली कामाटोली, पन्थापाडा, पुरानो शरणामति, राधाबस्ती, चन्द्रबस्ती, कनकाई बजार, बालुबथान, चप्रामारी, हनुमानचौक, मदरगाछ, सिमलबाडी बजार, कुवाडी हुँदै २ः०० बजे झापा बजार आएर जनसभा गर्ने तयारी भएको छ ।
जनसभामा एमालेका केन्द्रीय नेताहरू अग्नि खरेल, देवेन्द्र दाहाल, हरिबहादुर राजवंशी, एलपी साँवा, एमाले झापा अध्यक्ष दीपक कार्की लगायतले सम्बोधन गर्ने कार्यक्रम संयोजक एमाले प्रदेश कमिटी सदस्य भक्तबहादुर बानियाँले जानकारी दिएका छन् ।
Comments