बिर्तामोड ८ गरामनी–हर्चना–देउनियाको रोडशो पनि भव्य
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाको लागि नेकपा एमालेका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रलाई अक्षरशः पालना गर्ने मतदातालाई विश्वास दिलाएका छन् ।
नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गत वडा नं. ८ का विभिन्न स्थानमा भएका कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्धतापत्र हबहु कार्यान्वयन गर्ने बताएकी हुन् ।
विजयी भएर कार्यपालिका हाँकेको आफ्नो ५ वर्षे कार्यकालमा सशक्त ढंगले प्रतिवद्धता पूरा गरेर थप जनविश्वास जित्ने उनको दावी छ । एमालेको प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटिएको बताउँदै उनले एकपटक सबैले यसलाई पढ्न नगरप्रमुखका उम्मेदवार प्रसाईको आग्रह छ ।
यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्धता पत्रमा उल्लेख गरिएका योजनाहरु अक्षरशः पालना गर्दै कार्यान्वयन गरिने बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, पर्यटन, भौतिक पूर्वाधार, व्यवसाय, खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्धतापत्रमा समेटिएको जनाउँदै उनले कार्यान्वयनमा लैजानकै लागि प्रस्तुत गरिएको संग्रौलाको भनाई छ ।
बिर्तामोडमा गठबन्धन दलहरुभन्दा बलियो देखिएको नेकपा एमालेका उम्मेदवारहरुले नगरका सबै टोलमा पुगेर यसअघि एमाले सरकारले नगरमा गरेका काम र भावी योजनाका बारेमा जानकारी गराउँदै आएका छन् । नेकपा एमालेले आइतबार वडा नम्बर ८ का गरामनी, हर्चना, नेपाल चोक, देउनियाँ र गरामनी स्वास्थ्य चौकीको प्राङ्गणमा कोणसभा सम्पन्न गरेको हो ।
कोणसभामा हाँस्यकलाकार विल्सन विक्रम राईको समेत सहभागिता रहेको थियो । उनले विकास र समृद्विको लागि नेकपा एमालेका उम्मेदवारलाई भारी मतले विजयी गराउन सबैसँग आग्रह गरेका छन् । बिर्तामोड वडा नं. ८ मा विष्णुप्रसाद भट्टराई वडाध्यक्षको उम्मेदवार छन् ।
वडा नम्बर ८ का कोणसभाहरुमा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ कमिटीका इञ्चार्ज देवराज घिमिरे, अर्का स्थायी कमिटी सदस्य तथा झापा इञ्चार्ज अग्निप्रसाद खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले प्रदेश १ कमिटी सदस्य तथा प्रदेशसभा सदस्य एकराज कार्की, प्रदेश कमिटी सदस्य भीमा शिवाकोटी, जिल्ला मिटी सदस्य तथा बिर्तामोड नगर इञ्चार्ज देवराज घिमिरे लगायतका नेताहरुले एमालेलाई स्थानीय सरकारमा नेतृत्वमा पुर्याउँदा हुने फाइदाहरुबारे बोलेका थिए ।
https://www.facebook.com/103066372404039/videos/5036746923110020/
Comments