Sajhamanch Archive

मदन भण्डारी मार्गले भेट्ने बस्तीको नगरपालिकाले व्यवस्थापन गर्छ

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाको नगरप्रमुख पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाउने बताएका छन् ।

अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा भोर्लेनी तथा खालबस्तीका स्थानीय जनताले मदन भण्डारी राजमार्गका कारण आफूहरु बिस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि उम्मेदवार गोम्देनले बस्तीलाई असर नपर्नेगरी राजमार्गको निर्माणका लागि आफूले पहल गर्ने विश्वास दिलाएका हुन् ।

वन क्षेत्रसँग नजिक भएको बस्ती रहेकाले पनि बस्ती र वन दुवैको संरक्षण हुनेगरी सडक निर्माण आयोजनासँग समन्वय गरेर राजमार्गको निर्माण र व्यवस्थापन गर्ने कुरामा आफ्नो भूमिका रहने उनले बताए ।

निर्माणधिन मदन भण्डारी राजमार्ग इलामको माई नगरपालिकाबाट अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको किहीस्थान हुँदै २ नम्बर वडाको भोर्लेनी, खाल, बेलटार, गाँजाबारी, रातेबस्ती हुँदै इलामको रोङ गाउँपालिका प्रवेश गर्ने रुट छ ।

आयोजना अन्र्तगत अहिले अर्जुनधाराको २ नम्बर वडाका टाङटिङ र गोयाङ नदीमा पूल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *