स्थानीय तह चुनाव २०७९ः सप्तरीको डाक्नेश्वरीमा मतपेटिका तोडफोड, मतदान स्थगित
Published:
by .सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान रोकिएको छ ।
एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो ।
विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताएका छन् ।
Comments