डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य हालसम्मकै उच्च १० रुपैयाँले बढ्यो
Published:
by .काठमाडौं । गठबन्धन सरकारले स्थानीय तह निर्वाचनको भोलिपल्ट उपभोक्ताको ढाड सेक्ने गरी अचाक्ली मूल्य बढाएको छ । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य आजसम्मको उच्च दरले ह्वात्तै बढाएको हो ।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
स्थानीय तहको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो । मतदाताले सत्तारुढ गठबन्धनलाई मत नदेलान् भन्ने पीरले भोलिपल्टमात्र मूल्य बढाएको व्यवसायीको आरोप छ । अटोमेटेड मूल्य वृद्धिहुने तारिक अगावै सरकारले हचुवाका भरमा मूल्य बढाएको उनीहरुको आरोप छ ।
Comments