Sajhamanch Archive

बिर्तामोड नगरपालिकाको मत गणना ३ बजेदेखि सुचारु गर्ने सहमति

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । अति सामान्य विषयमा भएको विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मत गणना कार्य आज आइतबार अपरान्ह ३ बजेदखि सुचारु गर्ने सहमति भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले छलफल पछि सार्वजनिक गरेको जानकारी अनुसार सम्बद्ध राजनीतक दलहरु, उम्मेदवार वा तिनका प्रतिनिधिहरु, प्रशासनसमेतको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

मत गणना कार्य वडा नं. १ को बाँकी रहेको मतपत्रबाट गरिनेछ भने वडा नं. १ को गणना सकिएपछि वडा नं. १० वा २ कुनैको पनि गर्नसकिने गरी खुकुलो बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *