Sajhamanch Archive

कमल २ मा गठबन्धनको प्यानलै विजयी

Published: in राजनीति, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर २ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, संघीय लिम्बूवान मिलेर बनेको गठबन्धनको प्यानलै विजयी भएको छ ।

कमल गाउँपालिका निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार वडा नम्वर २ को वडाध्यक्षमा नेकपा एसका अशोक सुब्बासहित गठबन्धनको प्यानलै विजयी भएको हो ।

गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार २७ वर्षीय अशोक सुब्बाले १,५८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर बस्नेतले ८०७ मतमात्र प्राप्त गरेर उपविजयीमा सिमित रहे ।

त्यसैगरी खुल्ला महिला वडा सदस्य तर्फ नेकपा माओवादी केन्द्रका सदस्य तथा गठबन्धनका उम्मेदवार कल्पना राई १,६८३ मत प्राप्त गरी विजयी बनिन् ।

गठबन्धनबाट दलित महिला वडा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सोममाया नेपाली दर्जीले १,२२३ मत र खुल्ला वडा सदस्यमा महेश खत्री १,२१२ प्राप्त गरी विजयी भएका छन् ।

यस्तै संघीय लिम्बूवान पार्टीका नेता, गठबन्धनबाट खुल्ला सदस्यका उम्मेदवार भिमबहादुर कार्की १,६७४ मत प्राप्त गरी विजयी भएका छन् ।

यसअघि वडा नम्बर १ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको पुरै टिम विजयी भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *