Sajhamanch Archive

नयाँ जनप्रतिनिधिलाई निर्वाचित अधिकृतले दिए प्रमाणपत्र

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

झापा । स्थानीय तह निर्वाचन २०७९ बाट भद्रपुर र बिर्तामोड नगरपालिकामा निर्वाचित ५२–५२ जना जनप्रतिनिधिहरुलाई आज छुट्टा छुट्टै विशेष कार्यक्रमको आयोजना गरी निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भद्रपुरमा नवनिर्वाचित नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, १० जना वडाध्यक्ष र ४० जना वडा सदस्य गरी ५२ जना जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको प्रमुख आतिथ्यमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

यता बिर्तामोड नगरपालिकामा पनि जेठ ६ गते मतगणना सम्पन्न गरी आजै ५२ जनालाई विभिन्न पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख डम्बरप्रसाद काफ्लेले नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, १० जना वडाध्यक्ष र ४० जना वडा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

विजयीहरुलाई प्रमाणपत्र वितरण गर्दै निर्वाचन अधिकृत काफ्लेले तपाईं जनप्रतिनिधिको नेतृत्वमा स्थानीय तहको कार्यक्षमता बृद्धि हुने विश्वास व्यक्त गरे ।

नगरप्रमुख पदमा विजयी भएको प्रमाणपत्र ग्रहण पछि संक्षिप्त मन्तब्य राख्दै पवित्रा महतारा प्रसाईले सम्पन्न स्थानीय तहको निर्वाचनमा अहोरात्र खटिने कर्मचारीलाई धन्यवाद दिइन् । उनले जनप्रतिनिधि मालिक नभई जनताको सेवकका रुपमा खट्नुपर्ने बताइन् ।

उक्त विशेष कार्यक्रममा बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी रुगम कुँवर लगायतको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *