Sajhamanch Archive

मेचीनगरमा नगरप्रमुख, उपप्रमुखसहित नेकपा एमालेका ६८ जना उम्मेदवार विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाकामा आफ्नो गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले यसपटक सफल भएको छ ।

मेचीनगर नगरपालिकामा २०५४ सालमा एमालेका रविन कोइराला मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २० वर्ष कर्मचारीले नगरपालिका चलाए । जनप्रतिनिधिविहिन रहेको नगरपालिकामा २०७४ सालपछि फेरि जनप्रतिनिधिहरु आए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित भएका थिए । त्यसवेला एमालेका मेयरका प्रत्यासी झापाली टाइगर उपनामले परिचित विष्णु प्रसाई उम्मेद्वार बनेका थिए । उनलाई आचार्यले मेयरमा पराजित गरे ।

त्यतिखेर प्रसाईलाई हराउनुमा एमाले भित्रैको अन्तरघात हुनसक्छ । तर, यसपटक आफ्नो पुरानो विरासत एमालले फर्काएको छ । कारण यसपटक कांग्रेस भित्रको आन्तरिक किचलोले पनि धेरै घर गरेको अनुमान लगाउन सकिन्छ । यसको फाइदा एमालेलाई सहजै पुगेको छ ।

प्रदेश १ को सांसद समेत रहिसकेका एक इमानदार र कुशल नेताको रुपमा परिचित बुढाथोकीले मेचीनगरको बागडोर समाल्ने भएका छन् । मेचीनगर नगरपालिकामा ७७ जना जनप्रतिनिधि मध्ये यसपटक एमालले मेयर–उपमेयरसहित ६८ वटा स्थान हासिल गरेको छ ।

१५ वटा वडामध्ये ३ वटा कांग्रेस, एउटा माओवादी केन्द्र बाहेक सबै वडा एमालेले कब्जा गरेको छ । त्यसमा पनि १० वटा वडामा एमालेले प्यानलै जितेको छ ।

मेचीनगर–१, २, ३, ४, ५, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा एमालेले हात पारेको छ । जसमा २ नम्बर वडा बाहेक अरु सबै वडामा एमालेले प्यानलै जितेको छ । कांग्रेसले मेचीनगर–६, ८ र १५ तथा माओवादी केन्द्रले १४ नम्बर वडा हात पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *