Sajhamanch Archive

मेचीनगरमा एमालेको विजय उत्सव सम्पन्न

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

मेचीनगर । नेकपा एमाले निर्वाचन परिचालन कमिटी मेचीनगरले आयोजना गरेको दुईदिने विजय उत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित उम्मेदवारहरुलाई निर्वाचन परिचालन कमिटीले मंगलबारदेखि दुई दिन जनताको घरघरमा पुगेर विजयी उत्सव मनाएको हो ।

एमालेबाट नवनिर्वाचित मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना पोखरेल उप्रेती, वडाध्यक्ष र वडा सदस्यहरुले हिजो र आज नगरबासीहरुको घर, टोल र वडामा पुगेर जनतालाई धन्यवाद दिएका थिए ।

बुधबार इटाभट्टा नगरपालिका गेटबाट सुरु भएको विजय जुलुस काँकरभिट्टाको हनुमान मन्दिर, नकलबन्दा, बाहुनडाँगी, मेचे डाँगी, गाडागल्ली, निन्दा सिरान, बौद्धमोड, संघर्ष चोक, भावना चोक, भृकुटी, बडाखाल, दोकान डाडा, माङहिम, सृजना चोक, ईंटाभट्टा हुँदै सटिघट्टा, गोमनसरी, मदनबस्ती लगायत ठाँउका जनतासँग निर्वाचित जनप्रतिनिधिले भेटेर खुसीयाली साटासाट गरेर विजय जुलुस भएको थियो ।

त्यसैगरी मंगलबार ईटाभट्टामा विजयसभा सकेर धुलाबारी, खुट्टीडाँगी, झण्डी चोक, धाइजन, दुवागढी चोक, चारआली चोक, माथ्लो धाइजन, मंगली चोक, ज्यामिरगढी, फडानी चोक, हेल्दुबारी हुँदै ईटाभट्टामा आएर विजय उत्सव मनाइएको थियो ।

विजय जुलुसमा एमालेका नेताहरु रविन कोइराला, विष्णु प्रसाई, भीम खवास, श्रीप्रसाद मैनाली, रामचन्द्र उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, रोशन अग्रवाल, घनश्याम अधिकारी, शुशिल आचार्य, पदम डाँगी, मोहन काजी, रेणुका डाँगी, जानुका ओली, संगीता थापा, निरु परियार, सन्तोष आचार्य, प्रितक काफ्ले लगायत कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *