बिर्तामोडका जनप्रतिनिधिलाई तालिम
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिवसीय अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ ।
व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी तालिम शुरु भएको हो । गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि तालिमको आयोजना गरिएको हो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले तालिमको आज उद्घाटन गरेकी हुन् । तालिममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषय विज्ञ विजय तिम्सिनाले सहजीकरण गर्दैछन् ।
उक्त तालिममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित वडाध्यक्ष र सदस्यहरुको सहभागिता छ ।
Comments