Sajhamanch Archive

इन्टर्न कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

इन्टर्न कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९/२/२२

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरूको विवरण अद्यावधिक गर्नका लागि डाटा इन्ट्री सम्बन्धी काम गर्नेगरी तपसिल अनुसारका विवरणका आधारमा Data Entry Operator को आवश्यकता भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिस्पर्धाका लागि निवेदन आह्वान गरिएको छ ।

तपसिल
पद                                             : Data Entry Operator
सेवा सुविधा                                : दैनिक रु. ५००।– (पाँच सय)
न्यूनतम शैक्षिक योग्यता              : एसईई वा सोसरह उत्तीर्ण
उमेर                                          : १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
अतिरिक्त योग्यता                       : कम्प्युटरमा नेपाली तथा अंग्रेजी टाइप गर्न दक्ष हुनुपर्ने ।
सङ्ख्या                                     : तपसिलमा उल्लिखित सेवाकेन्द्रगत आधारमा

सेवाकेन्द्रगत आधारमा आवश्यक संख्याः

अन्य :

आवेदकको आफ्नो ल्यापटप र एन्ड्रोइड मोबाइल फोन अनिवार्य हुनु पर्नेछ । सदस्यता अद्यावधिक सम्बन्धी काम कर्मचारीले सम्बन्धित सेवाकेन्द्रबाट आफ्नो ल्यापटप प्रयोग गरी गर्नु पर्नेछ ।
न्यूनतम योग्यता पूरा भएका आवेदकहरुलाई अन्तर्वार्ताको माध्यमबाट छनोट गरिनेछ । अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवेदकले आफ्नो ल्यापटप अनिवार्य ल्याउनु पर्नेछ । Data Entry सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रश्न अन्तर्वार्ताको समयमा नै सोधिनेछ ।
आवेदकले हस्तलिखित निवेदनका साथ शैक्षिक योग्यताको प्रमाण पत्र, तालिमको प्रमाण पत्र (भएमा), अनुभवको प्रमाण पत्र (भएमा), बायोडाटासमेत आफूले काम गर्न इच्छाएको संस्थाको सम्बन्धित सेवाकेन्द्रमा दर्ता गराउनु पर्नेछ ।
आवेदन पेस गर्ने अन्तिम मिति २०७९ जेठ २९ गते आइतबार कार्यालय समयसम्म ।
आवेदन निःशुल्क दर्ता गराउन सकिनेछ ।
अन्तर्वार्ता सम्बन्धी सूचना सम्बन्धित सेवाकेन्द्रको तर्फबाट सूचित गरिनेछ ।
उत्तीर्ण उम्मेद्वारलाई एकदिनको तालिम प्रदान गरिनेछ ।
उत्तीर्ण उम्मेद्वारले काम गर्न नसक्ने अवस्था भएमा सम्बन्धित सेवाकेन्द्रको निर्णयमा कुनैपनि समय निजलाई बिदा गर्न सकिनेछ ।

थप जानकारीका लागि सम्पर्कः ९८५२६८९४१५ (प्रशासन विभाग)

कर्पाेरेट कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *