सिद्धिखोलाको साधारणसभा शनिबार सम्पन्न
Published:
by .मेचीनगर । सिद्धी खोला सिंचाई जल उपभोक्ता संस्थाको ५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । मेचीनगर २ बौद्धमोडस्थित मेची जनसाधारण माविको सभाहलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कृषि क्षेत्रमा विकास गर्नसके मात्रै देशमा आर्थिक समृद्धि सम्भव रहेको बताए । साथै उनले कृषिमा सफलता हासिल गर्नसके आम नागरिकको जीवनस्तर सृदृढ हुने बताए । उनले कृषि क्षेत्र र किसानको जीवनस्तर उकास्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभाको खुल्ला सत्रमा प्रमुख अतिथि बुढाथोकी, मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, मेचीनगर ४ का वडासदस्य पवन बराईली, गीता मगर, धनमाया कोइराला, साना किसान सहकारी संस्थाका प्रबन्धक पोषक दर्जी, बाहुनडाँगी खानेपानी संस्थाका अध्यक्ष सनत अधिकारी, सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका पूर्व अध्यक्ष हरि चम्लागाई, मेचीनगर १ का निवर्तमान वडाध्यक्ष पासाङ तामाङलगायतले आफ्ना आफ्ना धारणा व्यक्त गरेका थिए ।
साविक बाहुनडाँगी गाविसको वडा नं. ५ बाहेक अन्य क्षेत्रमा फैलिएको सिद्धी खोला सिंचाई जल उपभोक्ता संस्थाले पूर्णरुपमा सञ्चालन हुँदा १७ सय हेक्टर क्षेत्रफलमा सिंचित गर्ने जनाइएको छ ।
सिद्धी खोला सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष नीलकण्ठ तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा पर्वता घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
Comments