झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श गठन
Published:
by .शरणामति । झापा गाउँपालिकाका व्यवसायीयहरुको अग्रसरतामा चेम्बर अफ कमर्श झापा गाउँपालिका समिति गठन भएको छ । झापा गाउँपालिकाको झापा बजारमा शनिबार भएको व्यवसायीहरुको आम भेलाबाट समिति गठन गरिएको हो ।
अग्रज व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु)को अध्यक्षतामा झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श सर्वसम्मत रुपमा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र वर्मन, सचिवमा मोहन मिश्र, सहसचिवमा पशुपति गणेश र कोषाध्यक्ष विकास अग्रवाल चुनिएका छन् । चेम्बर अफ कमर्श झापा गाउँपालिका समितिका सदस्यहरुमा दिलिप सिंह राजपुत, भरत राजवंशी, निर्मला खड्का, बसन्ती गणेश, मदन ओली, चन्द्रदेव यादव, बिष्णुप्रसाद गनगाईं, छत्र पाण्डे र केशव खत्री रहेका छन् ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बिमलीले चेम्बरमा आवद्ध व्यवसायीहरुलाई शुभकामना दिँदै आवश्यक सहयोग र समन्वयका निम्ति केन्द्रीय समिति तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै, चेम्बर अफ कमर्श प्रदेश १ का उपाध्यक्ष सन्तोषकुमार अग्रवालले स्थानीय तहहरुमा चेम्बर गठन गर्नुको आवश्यकताबारे प्रकाश पारेका थिए ।
अर्का वक्ता कन्काई चेम्बर अफ कमर्शका अध्यक्ष मिनाल तिम्सिनाले भौगोलिक हिसाबमा मात्र नभई कार्यगत रुपमै व्यवसायीका हकहितका निम्ति कनकाई चेम्बर र झापा गाउँपालिका चेम्बर सगैँ अगाडि बढ्ने विश्वास दिलाए ।
नवगठित झापा चेम्बरका अध्यक्ष अग्रवालले आफू व्यवसायीका पक्षमा अडिग रहेको र स्थानीय सरकारले बनाउने नीति निमार्णमा व्यवसायीका मुद्दा सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पालिका स्तरीय चेम्बर गठन कार्यक्रमको सञ्चालन तथा सहजीकरण चेम्बर अफ कमर्श झापाका सचिव बिरोध सुबेदीले गरेका थिए ।
Comments