Sajhamanch Archive

जिससका लागि एमाले झापाका उम्मेदवार तय

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

झापा । नेकपा एमालेले झापा जिल्ला समन्वय समितिका लागि आफ्ना उम्मेदवार तय गरेकाे छ ।

आज जिल्ला पार्टी कार्यालयकाे बैठकले ७ जना समन्वय समिति सदस्य तय गरेकाे हाे । समन्वय समिति प्रमुखमा दमकका विश्व बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता राेक्काकाे नाम यस अघि नै टुङ्गाे लागिसकेकाे थियाे ।

समन्वय समितिकाे सदस्यहरूमा क्षेत्र नं १ बाट तुलसा काफ्ले बराल, क्षेत्र नं २ बाट रिता नेपाली, क्षेत्र नं ३ बाट देविका बस्नेत, क्षेत्र नं ४ बाट जुनु महरा र क्षेत्र नं ५ बाट कपिलमणि काफ्लेकाे नाम एमाले झापाले तय गरेकाे छ । जिल्ला सचिव शिव ढुंगेलका अनुसार अन्य दुईजना समन्वय समिति सदस्यहरूमा कनकाई नगरपालिकाका सन्ताेष साेरेन र झापा गाउँपालिकाका जलाल अलीकाे नाम सिफारिस गरिएकाे छ ।

जिल्ला समन्वय समितिकाे आयाेजनामा भाेलि असार ७ गते मंगलबार जिल्ला सभाकाे आयाेजना गरेकाे छ । जिल्लासभामा झापाका १५ वटै पालिकाबाट प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी ३० जनाकाे प्रतिनिधित्व रहनेछ ।

झापाका पालिकाहरूमा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी नेकपा एमालेबाट १७ जना निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेसबाट ९ जना र राप्रपाबाट ४ जना निर्वाचित भएका छन् । मतदाता संख्याकाे आधारमा नेकपा एमालेले सबै पदहरूमा निर्वाचन जित्ने निश्चितजस्तै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *