चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
Published:
by .काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आईतबार नेपाली चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरूको अवस्था विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले बोर्ड समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानका लागि प्रयासरत रहेको बताउँदै छिट्टै प्रभाबकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको अवगत गराए ।
कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र संचारकर्मी शान्तिप्रियले तयार पारेको अवधारणा पत्र मोहन निरौलाले बाचन गरेका थिए । अवधारणा पत्रमा अधिवक्ता कृष्ण ढुंगाना, संचारकर्मी कृष्ण भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ र संचारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गरेका थिए ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याएको स्मरण गराए ।
अभिनेता गोपाल ढकालले सहजीकरण गरेको कार्यक्रममा विभिन्न कलाकारहरुले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रबर्दधनका लागि आवाज उठाउँदै आएको स्मरण गर्दै अबिलम्ब चलचित्र नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताए । वक्ताहरूले विदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
Comments