Sajhamanch Archive

‘नेकपा एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको पार्टी’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताएका छन् । राष्ट्रिय धान दिवसको दिन आज उनले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको बताए ।

झापाको अर्जुनधारा ७ मा नेकपा एमाले अर्जुनधारा र किसान महासंघले संयुक्त रुपमा आयोजना गरेको धान रोपाईमा सहभागी हुँदै खरेलले किसान र श्रमिकको साथ नपाएका पार्टी वा कुनै पनि गठबन्धन सफल नहुने बताए ।

धान रोप्दै कार्यक्रमको शुरुआत गरेका खरेलले जिल्लाका सबै पालिकामा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गरिएको जानकारी दिए । किसान र श्रमिक वर्गको साथ पाएको पार्टी एमाले जनताको प्रीय पार्टी भएको उनको धारणा थियो ।

यस्तै इञ्चार्ज खरेल बिर्तामोड नगरपालिका वडा नं. ९ मा आयोजना गरिएको अर्को धान दिवस कार्यक्रममा सहभागी भएर आधा घण्टाजति किसानहरु माझ धान रोप्न सहभागी भए । अबिरल वर्षाका कारण कुनै औपचारिक कार्यक्रम नगरी साझै रोपाईंमा प्रवेश गरिएको पार्टीका बिर्तामोड नगर सचिव शेखर कडेलले बताए ।

उक्त कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी, जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज देवराज कार्की, जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख गोपाल काफ्ले, जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगरपालिका वडा नं. ९ का निवर्तमान वडाध्यक्ष पवित्रा पाठक, बिर्तामोड नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरि चौंलागाई, बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकीसहित दर्जनौं नेता कार्यकर्ताहरुले धान रोप्न, विउ काड्न, विउ बोक्ने कार्यमा सहभागिता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *