Sajhamanch Archive

बिर्तामोड अब पूर्ण खोपयुक्त नगर

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोड नगरपालिका अब पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रबार नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।

खोप समन्वय समितिको आज शुक्रबार बिहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरागरी पूर्ण खोपयुक्त वडा घोषणा भइसकेको जनाउँदै नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि कार्यपालिकामा प्रस्ताव गरेको थियो ।

जन्मेदेखि २३ महिनासम्मका बच्चाहरुले सबै प्रकारका खोप लगाई खोपको पूर्ण सुनिश्चिता भइसकेकोले बिर्तामोडका सबै वडालाई यसअघि नै पूर्ण खोपयुक्त वडा घोषणा गरिसकिएको थियो । बिर्तामोडमा पूर्ण खोपका लागि शतप्रतिशत प्रगति हाँसिल गरेको खोप समन्वय समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *