Sajhamanch Archive

जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबेमाथि गोली प्रहार

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार by .

झापा । जापानका पूर्व प्रधानमन्त्री शिन्जो अबेमाथि आज बिहान गोली प्रहार भएको छ ।

जापानी सञ्चार माध्यहरुका अनुसार नारा सहरमा आयोजित एक कार्यक्रममा भाषण गर्दैगर्दा उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । गोली लागेका पूर्व प्रधानमन्त्री शिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको समाचारमा जनाइएको छ ।

शिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर अस्पताल लगिएको छ । घटनास्थलमा रहेका पत्रकार, एनएचकेका संवाददाता यामातो साइदाइजीले स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् ।

प्रहरीले संदिग्ध एक ब्यक्तिलाई तत्कालै पक्राउ गरेको बताइएको छ । पूर्वप्रधानमन्त्री आबेको पछिल्लो स्वास्थ्य अवस्थाबाट जापानी सञ्चार माध्यमहरुले अहिलेसम्म केही उल्लेख गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *