Sajhamanch Archive

केर्खामा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम

Published: in लोकप्रिय, शिक्षा, समाज by .

कमल । पछिल्लो समय सबै उमेर समूहका लागि सामाजिक सञ्जाल अनिवार्य भएको छ तर यसको सही तरिकाले प्रयोग गर्न नजानेका कारण धेरैको ज्यानसमेत गएको पाइन्छ । यही सन्दर्भमा यहाँ सो सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।

सामाजिक सञ्जालको गतल प्रयोग गरेर युवा युवतीमा विभिन्न प्रकारका विकृति बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्नका लागि कमल गाउँपालिकाको आर्थिक सहयोग तथा भर्याङ मिडिया प्रालि दमकको आयोजनामा सञ्चार तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी २ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

कमल गाउँपालिका ३ केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न सचेतनामुलक कार्यक्रममा कमल गाउँपालिकामा रहेका विध्यालयमा कक्षा १२ मा अध्ययनरत ३५ जना विध्यार्थी सहभागी थिए । कार्यक्रमको पहिलो दिनमा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, कार्यसमिति सदस्य चिरन्जिवी घिमिरे र विष्णु पौडेलले सहजीकरण गरेका थिए ।

त्यस्तै दोस्रो दिन इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी हेपाई, यौन आसयले गरिने सन्देश आदान प्रदान, यौन मनसायले गरिने दवाव, बाल अश्लिता, अनलाइन खेल तथा यसको लत, इन्टरनेटको माध्यमबाट हुने मानव बेचबिखन, ओसारपसार तथा बालविवाह लगायतका विषयमा प्रहरी चौकी केर्खाका इन्चार्ज प्रहरी नायव निरीक्षक सुवास मिश्रले सहजीकरण गरेको थिए ।

कार्यक्रम समापनको अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमिति सदस्य विष्णु सुब्बा, शहीद धर्मभक्त माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडा, कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले समाजमा बढ्दो अपराध न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रमले युवाहरुमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए ।

कार्यक्रमका सहभागी विद्यार्थीहरुमध्ये कमल ५ स्थित मंगलमय माध्यमिक विध्यालयका अनिल पराजुली र कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालय कमल २ का छात्रा कविता नेपालीले तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *