Sajhamanch Archive

कमल गाउँपालिका वडा नं. ३ बालमैत्री वडा घोषणा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ३ आजदेखि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने ५१ वटा सुचकमध्ये वडा नम्बर ३ ले सबै सुचक पूरा गरेपछि आज एक कार्यक्रमका बीच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्न हरेक वडाले प्रतिवद्धता जनाएका थिए ।

सबै सुचकहरु पूरा भएकाले शुक्रबार गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बालमैत्री वडा घोषणा गरेका हुन् । ‘बालबालिकालाई जन्म दिएर मात्र बुबाआमा भइँदैन, बुबाआमा असल हुन जन्मदाता, अन्नदाता, शिक्षा, संस्कृति र भय निवारणदाता हुन आवश्यक छ’ अध्यक्ष राईले भने ।

बच्चा जन्मिएपछि समयमा खान पाउनुपर्छ, समयमा शिक्षा र संस्कृतिका बारेमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनु पर्छ भन्ने धारणा राख्दै वडा नम्बर ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले बालबालिकालाई साहसिक काम गर्ने वातावरण पनि दिनुपर्ने सुझाए ।

वडा नं. ३ मा १ हजार ४९८ घरधुरीमा महिलाको संख्या ३ हजार ५५३ र पुरुष ३ हजार ५११ जना गरी ७ हजार ६३ जनाको जनसंख्या छ । त्यसमध्ये १८ वर्षमुनिका वालबालिकाको संख्या २ हजार ५६ रहेको छ । जुन कूल जनसंख्याको २९ दशमलब १ प्रतिशत हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *