Sajhamanch Archive

सहारा नेपालका बाख्रापालक समूहलाई बोयर बोका हस्तान्तरण

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by .

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत एग्री बिजनेश युनिटले बाख्राको नश्ल सुधारका लागि दुई वटा समूहलाई बोयर जातको बोका प्रदान गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको दोमुखा सहारा बाख्रापालन समूह र बिर्तामोड–७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुरपालन समूहलाई एक–एकवटा बोयर जातको बोका प्रदान गरिएको हो ।

संस्थाले वि.सं. २०८० भित्र १० हजार उद्यमी सदस्य बनाउने लक्ष्य लिएअनुसार आफ्ना शेयर सदस्यहरुले सञ्चालन गरेका दुईवटा बाख्रापालन समूहलाई नश्ल सुधारका लागि बोयर बोका प्रदान गरेको सहारा नेपाल एग्री बिजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जानकारी दिए ।

शिवसताक्षी १० का वडाअध्यक्ष हर्क शिवुको अध्यक्षता तथा सहारा नेपाल साकोस दुधे शाखाका प्रमुख मेनुका शिवाकोटीको समन्वयमा दोमुखा सहारा बाख्रापालन समूहलाई बोयर बोका प्रदान गरिएको हो । उक्त बोकाको मूल्य ८५ हजार रुपैयाँ परेको थियो ।

यस्तै, बिर्तामोड ७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुरपालन समूहका अध्यक्ष शशिकला बरालको अध्यक्षता तथा सहारा नेपाल साकोस बुट्टाबारी शाखा प्रमुख खगेन्द्र निरौलाको समन्वयमा ७३ हजार रुपैयाँ मूल्यको बोयर बोका हस्तान्तरण गरिएको हो ।

बोयर बोका हस्तान्तरण कार्यक्रममा सहारा नेपाल साकोसका एग्री विजनेस यूनिटका प्रमुख डा. भाटले बाख्रापालनमा नश्ल सुधारको आवश्यकता र महत्वका बारेमा किसानहरुलाई सहजीकरण पनि गरेका थिए ।

व्यवसायिक कृषि तथा पशुपालक उद्यमीहरुलाई सहारा नेपाल साकोसले निन्तररुपमा प्राविधिक ज्ञान उपलब्ध गराउँदै आत्मनिर्भर उन्मुख बनाउन प्रयत्न गरिरहेको कुरालाई डा. भाटले जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन सहारा नेपाल एग्री विजनेस यूनिटका कृषि कार्यक्रम संयोजक राजेन्द्र खरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *