Sajhamanch Archive

बुद्धशान्ति १ मा कामनाको शाखा रहित सेवा सुरु

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित नमूनाटोलमा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ सेवा सुरु गरिएको छ ।

बैकको बुद्धशान्ति शाखाले आज एक कार्यक्रमको आयोजना गरी शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले रिबन काटेर शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरिदिएका हुन् । कार्यक्रम बैंकका प्रदेश प्रमुख खिमलाल भुषालको सहजीकरणमा सम्पन्न भएको थियो ।

स्थानीय बबि सप्लायर्सको मातहतमा सञ्चालन हुने गरी शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरिएको हो । यहाँबाट स्थानीयले रेमिटको सेवा, कामना विकास बैंकमामा नगद जम्मा गर्ने सेवा लगायतका सेवाहरु पाउने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *