Sajhamanch Archive

प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा महेन्द्र गिरी सर्वसम्मत

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

दमक । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा एक वर्ष अघि असार ९ गते दर्ता भएको थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

आज झापाको दमकमा आयोजित प्रारम्भिक साधारणसभाले चार वर्षे कार्यकालका लागि महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको उपाध्यक्षमा टिकादत्त वन र सचिवमा प्रेम साकोटा सर्वसम्मत भएका छन् ।

यसैगरी सञ्चालक सदस्यहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल छानिए । संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यहरुमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी पनि सर्वसम्मत भएका छन् ।

विशिष्टिकृत संघको तदर्थ समितिका संयोजक रहेका सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष गिरीले संघलाई कस्तो बनाउने र सदस्य संस्थाहरुको भूमिका कस्तो रहनुपर्ने भन्ने विषय उठान गर्दै प्रतिवद्धता मन्तब्य राखेका थिए ।

नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक ढकाल र प्रतिनिधिहरुका तर्फबाट मेची बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ खोमप्रसाद बगालेले बधाई मन्तब्य राखेका थिए ।

प्रदेश १ का कृषि तथा पशुपन्छी विकासमन्त्री झलक बहादुर दर्लामी मगरको प्रमुख आतिथ्यमा उद्घाटन समारोह आयोजना गरिएको थियो । प्रदेश १ का ३६ वटा प्रारम्भिक सहकारी संस्थाहरुले एक करोड ३६ लाख रुपैयाँ पुँजी संकलन गरी स्थापना गरेको सो थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले विभिन्न वस्तुहरुको बजार प्रवद्र्धन पनि सुरु गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *