Sajhamanch Archive

मानव अधिकार एलाइन्सको स्थापना दिवसमा अन्तरसम्वाद

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । मानव अधिकार एलाइन्स नेपालको २३औं स्थापना दिवसको अवसरमा “मानव अधिकारको प्रवर्द्धनमा नागरिक, संघ–संस्था, एलाइन्स र पार्टीको भूमिका” विषयक अन्तरसम्वाद गरिएको छ ।

मानव अधिकार एलाइन्स झापाका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षतामा बुधबार बिर्तामोड ३ को सैनिकमोडमा आयोजित अन्तरसम्वादमा सचिव अर्जुन पाठकले कार्यत्रप प्रस्तुत गरेका थिए । मानव अधिकारका क्षेत्रमा कार्यरत नागरिक संस्थाहरुले भोग्नु परेका समस्या र मानव अधिकारका सवालमा सरोकारवालाहरुको भूमिकाका बारेमा कार्यपत्रले बहस सिर्जना गरेको थियो ।

कार्यपत्रमाथि गैर सरकारी संस्थाका अभियन्ताहरु गोविन्द न्यौपाने, सोमनाथ ढकाल, छविलाल खतिवडा, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जिल्ला समन्वय समतिका निवर्तमान प्रमुख सोमनाथ पोर्तेल, नेकपा एमालेका झापा जिल्ला उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल लगायतले टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए ।

उनीहरुले मानव अधिकार एलाइन्स केन्द्र र पार्टीले मानव अधिकारका क्षेत्रमा कार्यरत नागरिक संस्थाहरुलाई प्रभावकारी कार्य गर्नका लागि सहज वातावरण बनाईदिन सहयोग र सहजीकरण गरिदिन अनुरोध गरेका सचिव पाठकले साझामञ्चलाई बताए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी, मानव अधिकार एलाइन्स केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रुद्रप्रसाद सिटौला लगायतले आफ्ना आफ्ना धारणा राखेका थिए ।

आफ्नो मन्तब्यमा एमाले स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज खरेलले नागरिक संस्थाहरुको समस्याप्रति पार्टीको ध्यान आकृष्ट भएको जनाए । यस्तो कार्यक्रले आगामी दिनमा अभिभावकको भूमिका निर्वाह गर्न पार्टीलाई सधैं घच्घच्याइरहने भएको आफूचाहिँ यसमा तयार रहेको बताए ।

कार्यक्रमको सञ्चालन मानव अधिकार एलाइन्स झापाका सदस्य तथा अधिवक्ता कविता बाँस्तोला पाठकले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *