Sajhamanch Archive

उपसभामुखका उम्मेदवारहरुः एमालेबाट विद्या भट्टराई, गठबन्धनबाट पुष्पा भुषाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदको भोलि हुने निर्वाचनमा नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

आज ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयनको समयमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलहरुले कांग्रेस नेतृ पुष्पा भुसाललाई उम्मेदवार बनाएर मनोनयन दर्ता गरिसकेको छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

संसदीय इतिहास र परम्परालाई तिलाञ्जली दिँदै वर्तमान गठबन्धन सरकारले लेखा समितिको संयोजकमा सत्तारुढ कांग्रेसका सांसदलाई निरन्तरता दिएको सन्दर्भमा उपसभामुख प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने माग बाहिर आएको थियो । तर सत्तारुढहरुले उदारता देखाउन नसकिरहेको एक एमाले नेताले बताएका छन् ।

उपसभामुखमा उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । संविधान कार्यान्वयनका पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *