Sajhamanch Archive

क्यान्सर पिडीत आशिक मुसहरको अपीलः तपाईंको सहयोग पाए म बाँच्थे कि !

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का आशिक मुसहर यतिबेला आर्थिक अभावका कारण उपचारका लागि हस्पिटलमा छट्पटाई रहेका छन् ।

मुसहर समुदायका उनी आर्थिक अवस्था कमजोर भएका अति विपन्न हुन् । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका मुसहर ५७ वर्षीय हुन् ।

जीवनको रहरलाग्दो उमेरमा जनमुक्ति सेनाका सदस्य बनेका मुसहरलाई आफ्नै पार्टी सत्तामा हुँदा पनि केही खोजखबर छैन । सशस्त्र युद्ध समाप्ती पछि नेताहरु सिंहदरबार छिरे तर आशिक मुसहर चाहिँ परिवारको जीवन बचाउन पानी तान्ने ट्युववेल गाड्ने मजदुरी काम गर्दै आएका थिए ।

अहिलेसम्म उपचारमा दुईलाख रुपैयाँ खर्च गरिसकेका उनी केही दिन अघि खोक्दा सास थुनिएपछि उपचारका लागि हस्पिटलमा भर्ना भएका छन् । हस्पिटलमा रहेका उनको केमो लगाउँदै आएको नेकपा (माओवादी केन्द्र) प्रदेश १ सदस्य कुबेर श्रेष्ठले जानकारी दिए ।

उनको छातीमा क्यान्सर भएको हुनसक्ने डाक्टरहरुले बताएको उनको भनाई छ । ऐलानी जग्गामा घर भएका उनी बिरामी परेपछि उपचार खर्चसँगै परिवारको खर्च धान्न धौधौ परेको बताउँछन् ।

सहयोगी मनका संघ÷संस्था तथा ब्यक्तिलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन आशिकले अनुरोध गरेका छन् । एनआइसी बैंक गौरादहमा आशिक मुसहरको नाममा रहेको खाता नं. ०८७५७५२१३२३०५००१ मा सकेको आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाईदिन उनले सबै समक्ष अपील गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *