जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कारबाहीमा !
Published:
by .काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको छ । जसपा अध्यक्ष उपेन्द्र पक्ष आजै विवरण अध्यावधिका लागि निर्वाचन आयोग जाने तयारीमा छ ।
यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिका लागि आज निर्वाचन आयोग जान लागेको बताएका छन् ।
यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । साथै भट्टराईसहित केन्द्रीय कार्यकारीणी समितिका नौ जना नेताहरुलाई यादव पक्षले पदमुक्त गरेको थियो । सोही विवरण अध्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।
राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रुपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ ।
तर भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रुपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ ।
अनलाइनखबरबाट
Comments