Sajhamanch Archive

बुद्धशान्ति १ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । यहाँको वडा नं. १ मा नवस्थापित आधारभूत स्वास्थ्य केन्द्रको भवनको आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रसाईले बुद्धशान्ति १ का सम्पूर्ण वडाबासीलाई सो स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य सेवा लिन अनुरोध गरेका छन् । उनले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई सहज वातावरणमा वडाबासीलाई स्वास्थ्य सेवा दिन पनि निर्देशन गरेका छन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा भएको स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष वाग्लेले जग्गादाताप्रति आभार प्रकट गरेका छन् । अबको केही समयपछि यहाँबाट प्रदान गरिने सेवासुविधा थप हुनेमा समेत उनले प्रतिबद्धता जनाए ।

बुद्धशान्ति १ का वडा सचिव हरि प्रधानले संचालन गरेको कार्यक्रममा स्वास्थ्य केन्द्रका लागि भवन निर्माण गर्ने जग्गादाता तुलसी रेग्मीले उपस्थित अतिथि तथा स्थानीयलाई शाब्दिक स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायीहरु, समाजसेवी लगायत स्थानीयको उपस्थिति रहेको थियो । हाल सो स्वास्थ्य केन्द्रबाट १ जना अहेव र १ जना अनमीले सेवा प्रदान गरिरहेका वडाध्यक्ष वाग्लेले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *